समाचार
पशु सेवा शाखाको १ दिने स्थलगत घुम्ति तालिम
बंगलाचुली गाउँपालिकाको आ.ब. २०७५/०७६ को स्विकृत कार्यक्रम अन्तरगत पशुसेवा शाखा कमिरेचौर दाङ्गले वडा स्तरिय १ दिने स्थलगत घुम्ति तालिम संचालन गरेको छ । उक्त स्थलगत तालिम बंगलाचुली गाउँपालिकाको ८ वटै वडामा संचालन भएका छन् । तालिममा सबैको प्रतिनिधित्त्व हुनेगरी दलित, जनजाती, महिला, फर्म, समूह समितिमा अाबद्ध मृषकहरु रहेका छन् । तालिम संचालन पशु सेवा शाखाका धुर्ब कुमार बस्नेत र कमासिँह नेपालीले गर्नु भएको छ ।