FAQs Complain Problems

ग्यालरी

दाङको बंगलाचुली गाउँपालिकाले उपभोक्ता समितिका पदाधिकारी तथा वडा समितिकाे लागि याेजना संचालन तथा व्यवस्थापन सम्बन्धि अभिमुखिकरण तालिम सम्पन्न, बंगलाचुली गाउपालिका वडा नं.५ मा तालिम सम्पन्न भएकाे हो ।

 

दाङको बंगलाचुली गाउँपालिकाले उपभोक्ता समितिका पदाधिकारी तथा वडा समितिकाे लागि याेजना संचालन तथा व्यवस्थापन सम्बन्धि अभिमुखिकरण तालिम संचालन गरेकाे छ । जस अन्तर्गत बंगलाचुली गाउपालिका वडा नं.६ मा तालिम सम्पन्न भएकाे छ !!

मिति: 12/31/2019 - 17:01
, , , , , , , , , , , , , , , , , , ,

बंगलाचुली गाउँपालिका वडा नं.६ भुटनेटामा निमार्णाधिन वडा कार्यालय भवन र आधारभूत स्वाथ्य ईकाइको भवन अवलोकन गर्दै बंगलाचुली गाउँपािलका अध्यक्ष भक्त बहादुर वली ,बंगलाचुली गाउँपालिका नि.प्र.प्र.अ तथा आर्थीक प्रशासन प्रमुख नारायण प्रसाद आचार्य लगाएत ।

मिति: 12/31/2019 - 16:55
, , , , ,

दाङको बंगलाचुली गाउँपालिका वडा नं ४ गँदारीमा खानेपानी पुगे पछि त्याँका जनताहरु खुसी भएका छन् । नेपाल सरकारको एक घर एक धारा भन्ने निति अनुसार गँदारी टोलमा एक घर एक धारा संचालनमा आएपछि त्यहाँका स्थानिय हर्षित भएका हुन ।
गँदारी टोलका ३२ घर परिवार अहिले घंण्टौ लाईनमा बसेर कुवाको पानी खानु पर्ने बाध्यता बाट मुक्त भएका छन् ।
यस अघी खोलाको दूषीत पानी खान बाध्य भएका गँदारी बासीहरु यस पटक बंगलाचुली गाउँपालिकाले विनियोजन गरेको २५ लाखको लागतमा साडेचार किलोमिटर पाईप लाईन विच्छाएर खानेपानी गाउँमा पुराईएको बंगलाचुली गाउँपालिका वडा नं ४ का अध्यक्ष नारायण डाँगीले जानकारी दिनु भयो ।

मिति: 12/31/2019 - 16:52
, , , , , , ,

दाङको ब‌ंगलाचुली गाउँपालिकाको कार्यालय कमिरेचौरमा आज देखि थय नयाँ कर्मचारीहरु हाजिर हुनु भएको छ । उहाँहरुलाई बंगलाचुली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर वलीले स्थायी न्युक्ति पत्र प्रदान गर्नु भएको छ । उहाँहरुलाई जनमैत्री सम्वबन्ध कायम गर्दै जनताको सेवामा लाग्न समेत निर्देशन दिनु भएको छ । स्थायी न्युक्ती बुझ्नेहरुमा विपिन खनाल अधिकृत छैटौँ प्रशासन सा.प्र.,गणेश के.सी सहायक पाँचौँ प्रशासन लेखा,सुरज कमार डि.सी सहायक पाँचौँ प्रशासन सा. प्र.,गीता पन्थी सहायक पाँचौँ प्रशासन सा.प्र., महेन्द्र शर्मा सहायक पाँचौँ प्रशासन आ.ले.प, पुष्पा शर्मा सहायक पाँचौँ प्रशासन सा.प्र.

मिति: 12/22/2019 - 16:47
, , , , , , , ,

नेपाल रेडक्रस साेसाइटी जिल्ला शाखा दाङको स्वास्थ र खानेपानी ,सरसफाइ तथा स्च्छताकालागि सामुदायिक सहकार्य परियोजनाकाे वार्षिक समिक्षा बैठक बंगलाचुली मा सम्पन्न भएकाे छ ।

मिति: 12/22/2019 - 16:43
, , , , , , ,

दाङकाे बंगलाचुली गाउँपालिका वडा नं.३ काे बाघ खाेर ,कुईजा हुँदै मुलाबारी जाेड्ने प्रदिप बासु मार्गमा एम्बुलेन्स र गाडी पुगेकाे खुसियालीमा त्यहाँका स्थानीय द्वारा भब्य स्वागत । साे अबसरमा गाउँपालिका अध्यक्ष भक्त बहादुर अाेली ,उपाध्यक्ष यमुना थापा मगर ,वडा ३ का अध्यक्ष शाेभाराज विश्वकर्मा ,४ का अध्यक्ष नारायण डाँगी ,गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अाचार्य,खरदार खिम केसि,लगायतकाे सहभागीता रहेकाे थियाे । साे अवसरमा दर्जनाै स्थानीयले फूलमाला र अविरले स्वागत गरेका थिय ।

मिति: 12/10/2019 - 06:46
, , , , , , , , , , ,

प्रधानमन्त्री कृषि अाधुनिकिकरण परियाेजना परियाेजना कार्यान्वयन ईकाई माैरी जाेन दाङको अायाेजनामा माैरी पालन सम्वन्धि स्थलगत उद्यमशिल तथा क्षमता अविवृदी तालिम दाङको बंगलाचुली गापा कमिरेचाैर मा सम्पन्न । माैरी जाेन दाङका विशेषज्ञ कला बुढाकाे अध्यक्षता एवं बंगलाचुली गा.पा. अध्यक्ष भक्त बहादुर वली काे प्रमुख अातिथ्यतामा कार्यक्रम सम्मपन् भएको हाे ।

मिति: 12/10/2019 - 06:38
, , , ,

दाङको बंगलाचुली गाउँपालिकाले उपभोक्ता समितिका पदाधिकारी तथा वडा समितिकाे लागि याेजना संचालन तथा व्यवस्थापन सम्बन्धि अभिमुखिकरण तालिम संचालन गरेकाे छ !!

मिति: 12/10/2019 - 06:22
, , ,

यस गाउँपालिकाको चौथो गाउँसभा मिति २०७५/१०/१९ गते प्रदेश नं ५ का मुख्यमन्त्री माननीय श्री शंकर पोखरेल ज्यूबाट समुदघाटन भएको थियो । गाउँसभाका विभिन्न पार्टी संगठन, संघ संस्थाहरुबाट प्रतिनिधि उपस्थिति थियो । साथै गाउँ सभाको दोस्रो दिन मिति २०७५/१०/२० गते गाउँपालिकाले परिमार्जित नीति तथा कार्यक्रम एवं ५ वटा विधेयक हरु पारित गरेको छ । 

 

मिति: 02/03/2019 - 20:44
, , , , , , , ,

बंगलाचुली गाउँपालिकाको आ.ब. २०७५/०७६ को स्विकृत कार्यक्रम अन्तरगत पशुसेवा शाखा कमिरेचौर दाङ्गले वडा स्तरिय १ दिने स्थलगत घुम्ति तालिम संचालन गरेको छ । उक्त स्थलगत तालिम बंगलाचुली गाउँपालिकाको ८ वटै वडामा संचालन भएका छन् । तालिममा सबैको प्रतिनिधित्त्व हुनेगरी दलित, जनजाती, महिला, फर्म, समूह समितिमा अाबद्ध मृषकहरु रहेका छन् । तालिम संचालन पशु सेवा शाखाका धुर्ब कुमार बस्नेत र कमासिँह नेपालीले गर्नु भएको छ ।  

मिति: 12/02/2018 - 18:39
, , , , , , , ,

Pages