समाचार
कोभिड-19 विशेष कृषि कार्यक्रम सम्बन्धमा । सूचना
चालु आ.ब. 2076/077 मा यस बंगलाचुली गाउँपालिकाको स्विकृत कार्यक्रम अनुसार कोभिड-19 विशेष कृषि कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले इच्छुक कृषकहरुले आवश्यक कागजात सहित सूचना प्रकाशित भएको मितिले कम्तिमा 15 दिन भित्र (मिति 2077/03/02 गते सम्म) सम्बन्धीत वडा कार्यालयमा तपसिलको विवरण पेश गरी दर्ता गर्नुहुन सम्बन्धीत सबैमा जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।
तपसिल विवरण
क्र.सं.
विवरण
क्षेत्रफल
अनुदान रकम रु.
१
कोभिड लक्षित व्यावसायिक तरकारी खेती प्रवर्द्धन कार्यक्रम
न्यूनतम २ रोपनी जग्गामा खेती गर्नुपर्नेछ ।
22,000.00 प्रति कृषक
२
विदेशबाट फर्केका र व्यवसाय उन्मुख कृषकहरुलार्इ कृषि विकास प्रोत्साहन कार्यक्रम
तरकारी खेतीको लागि न्यूनतम 2 रोपनी जग्गामा खेती गर्नुपर्नेछ ।
माहुरीपालनको लागि ३ घार माहुरी हुनुपर्ने।
च्याउखेतीको हकमा 50 गोला च्याउ हुनुपर्ने ।
20,000.00 प्रति कृषक
पेश गर्नुपर्ने कागजातहरु
- निवेदन फारम ।
- निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्र वा विदेश बाट फर्केको भए प्रमाणपत्रको फोटोकपी ।
- अनुसूची-4 अनुसारको प्रस्ताव ढाँचा ।
- सम्बन्धीत वडा कार्यालयको सिफारिस पत्र ।
- सम्बन्धीत वडा कार्यालयमा निवेदन दर्ता गराउनुपर्ने ।
- कोभिड विशेष कृषि कार्यक्रम 2077 website: molmac.p5.gov.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ ।