FAQs Complain Problems

ग्यालरी

मदन भण्डारी सहायक मार्गमा पर्ने घाेराही - मुर्कुटी - प्युठान सडक खण्डमा पर्ने तापा चाेकमा धर्मकाँटा राख्नका लागि बंगलाचुली गाउँपालिकाले स्थलगत अवलोकन गरेको छ । यस सडक खण्डमा घोराही सिमेन्ट उद्योग र सम्राट सिमेन्ट उद्योगको सयौँ टिप्परहरुले ओभर लोड बोक्दा कालो पत्रे हुँदै गरेको बाटो विग्रने भन्दै बाटो बचाउन र लोड कन्ट्रोलिङ गर्नका लागि गाउँपालिकाले धर्मकाँटा राख्न लागेको हो । सो अबसरमा बंगलाचुली गाउँपालिका अध्यक्ष भक्त बहादुर वली ,प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर वली , आर्थिक प्रशासन प्रमुख नारायण आचार्य,वडा नं.३ का अध्यक्ष शोभाराज विश्वकर्मा,४ का अध्यक्ष नारायण डाँगी, स्वास्थ्य शाखा प्रमुख

मिति: 11/12/2020 - 15:01
, , ,

बंगलाचुली गाउँपालिका वडा नं.-७ ढावका पहिरो पिडित परिवारलाई स्तान्तरण गर्नका लागि बंगलाचुली ७ लामपोखरी भन्ने स्थानमा सम्भाव्यता

अध्यन तथा अवलोकन गर्दै बंगलाचुली गाउँपालिका अध्यक्ष भक्त बहादुर वाली,प्रमुख प्रसाशकीय अधिकृत नेव बहादुर वली,आर्थिक प्रशासन प्रमुख नारायण प्रसाद आचार्य,र प्रशासन प्रमुख गोपाल के.सी. अविरल वर्षा पछि आएको पहिरोले ढाव गाउँका ३० परिवार विस्तापित हुन पुगेका छन् ।

मिति: 09/13/2020 - 09:27
, , , , , , ,

दाङको बंगलाचुली गाउँपालिका वडा नं.-५ साकिनेकामा घरमाथी बाट खसेको पहिरोले पुरीएर मृत्यु भएका मृतकका परिवारलाई जिल्ला प्रशासन कार्यालय दाङले राहात प्रदान गरेको छ ।

जिल्ला प्रशासन कार्यालय दाङले मृतकका परिवारलाई ३ लाखरुपैँया नगद प्रदान गरेको हो । बुधबार राती परेको अविरल वर्षाका कारण घरमाथीबाट आएको पहिरोमा पुरीएर एकै घरका आमा छोरीको मृत्यु भएको थियो । कार्यालयले मृतकका शसुरा देविराम परियारलाई सो नगद हस्तान्तरण गरेको हो । यसैगरी नेपाल रेडक्रस जिल्ला शाखा दाङले पनि पिडित परीवारलाई राहात सामग्री हस्तान्तारण गरेको थियो ।

मिति: 07/31/2020 - 06:41
, , , , , , , , ,

बंगलाचुली गाउँपालिका वडा नं.-६ को वडा कार्यालय भवनको उद्घाटन

कमिरेचौर,१५ साउन ___________

दाङको बंगलाचुली गाउँपालिका वडा नं.-६ को वडा कार्यालय र आधारभूत स्वास्थ्य केन्द्र भवनको विहिबार एक कार्यक्रमको उद्घाटन गरीएको छ । बंगलाचुली गाउँपालिका वडा नं.-६ का अध्यक्ष वेदुलाल घर्ति क्षेत्रीको अध्यक्षता एवं गाउँपालिका कार्यवहाक अध्यक्ष ऐनुराज खत्रीको प्रमुख आतिथ्यमा कार्यालय भवनको उद्घाटन गरीएको हो ।

मिति: 07/31/2020 - 06:38
, , , , , , , , , , ,

बंगलाचुली गाउँपालिकाको निर्माणाधिन १५ शैय्या अस्पताल भवनको मंगलबार गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीले अवलोकन गर्नु भएको छ । अस्पतालको ८० प्रतिशत जति निर्माण कार्य सम्पन्न भईसकेको जानकारी प्राप्त भएको छ ।

अध्यक्ष वलीले भवनको विभिन्न डिजाईनको जानकरी लिनुका साथै अपुग भएको र सुधार गर्नु पर्ने ठाउँको ईन्जिनियरको सल्लाह बमोजिम सुधार गर्न निर्माण कम्पनिका प्रतिनिधिलाई सुझाव दिनु भएको छ ।

मिति: 07/23/2020 - 05:46
, , , , , , , ,

बंगलाचुली गाउँपालिका वडा नं.-५ को वडा कार्यालय भवनको उद्घाटन

कमिरेचौर,४ साउन ___________

दाङको बंगलाचुली गाउँपालिका वडा नं.-५ को वडा कार्यालय भवनको शनिवार एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण तथा उद्घाटन गरीएको छ । बंगलाचुली गाउँपालिका वडा नं.-५ का अध्यक्ष एनुराज खत्रीको अध्यक्षता एवं गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

मिति: 07/18/2020 - 20:44
, , , , , , , , , , , , , ,

बंगलाचुलीमा कोरोना संक्रमण शुन्य, हाललाई नियन्त्रण कार्यले पायो विश्राम

कमिरेचौर,१ साउन

____________________________

दाङको बंगलाचुली गाउँपालिकामा पहिलो चरणको कोरोना नियन्त्रण तथा रोकथामका लागि गरिएका व्यवस्थापन कार्यले हाललाई विश्राम पाएको छ । बंगलाचुली गाउँपालिका कोरोना संक्रमितका हिसावले जिल्लामै दोस्रो स्थानमा रहेको थियो ।यस गाउँपालिकामा १ सय ६२ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो । जसमा दुई जना अन्तरजिल्लाका रहेको र उनिहरुलाई आफ्नो जिल्ला प्युठानमा माण्डवी गाउँपालिकामा पठाईएको थियो ।

मिति: 07/18/2020 - 10:20

बंगलाचुलीमा कोरोना संक्रमण शुन्य, हाललाई नियन्त्रण कार्यले पायो विश्राम

कमिरेचौर,१ साउन

____________________________

दाङको बंगलाचुली गाउँपालिकामा पहिलो चरणको कोरोना नियन्त्रण तथा रोकथामका लागि गरिएका व्यवस्थापन कार्यले हाललाई विश्राम पाएको छ । बंगलाचुली गाउँपालिका कोरोना संक्रमितका हिसावले जिल्लामै दोस्रो स्थानमा रहेको थियो ।यस गाउँपालिकामा १ सय ६२ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो । जसमा दुई जना अन्तरजिल्लाका रहेको र उनिहरुलाई आफ्नो जिल्ला प्युठानमा माण्डवी गाउँपालिकामा पठाईएको थियो ।

मिति: 07/18/2020 - 10:19
, , , , ,

बंगलाचुली गाउँपालिका वडा नं.६ को जारेगेल देखि भुतनेटा हुँदै टोड्के लेख लिफ्ट खानेपानी योजनाको बंगलाचुी गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीले अनुगमन गर्नु भएको छ । प्रदेश नं.५ को ५२ लाख अनुदानमा यो लिफ्ट खानेपानी योजना सम्पन्न हुँदै छ । सो अवसरमा बंगलाचुली गाउँपालिका वडा नं.६ का अध्यक्ष वेदुलाल घर्ती क्षेत्री,वडा नं.२ का वडा सदस्य चुके सुनार, फिल्ड सहायक पुर्ण बहादुर सारु लगाएतको सहभागिता रहेको थियो ।

मिति: 07/10/2020 - 20:30
, ,

बंगलाचुली गाउँपालिकालाई समाजसेविक श्रेष्ठद्धारा विभिन्न सामग्री सहयोग
कमिरेचौर,१६ असार ।

कोरोना कहरको विचमा बंगलाचुली गाउँपालिकालाई डा.भरतराज श्रेष्ठले विभिन्न सामग्रीहरु सहयोग गर्नु भएको छ।घोराही उपमहानगरपालिका १५ भरतपुर घर भई हाल वेलायतमा कार्यरत डा.भरतराज श्रेष्ठले आफ्नी स्वर्गीय आमा विष्नु कुमारी श्रेष्ठको स्मृतिमा बंगलाचुली गाउँपालिकालाई सहयोग गर्नु भएको हो ।

मिति: 06/30/2020 - 18:49
, , , , , ,

Pages