समाचार
निर्माणाधिन १५ शैय्या अस्पताल भवनको अवलोकन
बंगलाचुली गाउँपालिकाको निर्माणाधिन १५ शैय्या अस्पताल भवनको मंगलबार गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीले अवलोकन गर्नु भएको छ । अस्पतालको ८० प्रतिशत जति निर्माण कार्य सम्पन्न भईसकेको जानकारी प्राप्त भएको छ ।
अध्यक्ष वलीले भवनको विभिन्न डिजाईनको जानकरी लिनुका साथै अपुग भएको र सुधार गर्नु पर्ने ठाउँको ईन्जिनियरको सल्लाह बमोजिम सुधार गर्न निर्माण कम्पनिका प्रतिनिधिलाई सुझाव दिनु भएको छ ।
सो अवसरमा बंगलाचुली गाउँपालिका वडा नं.३ का अध्यक्ष एवं सामाजिक विकास समितिका संयोजक शोभाराज विश्वकर्मा ,नव सृजनशिल कन्ट्रक्सन कम्पनि प्रा.लि.का विष्नु गौतम,ईन्जिनियर विकेश न्यौपाने ,प्राविधिक ऋषिकेस क्षेत्री लगाएतको सहभागिता रहेको थियो ।
बंगलाचुली गाउँपालिकामा १५ शैय्याको अस्पताल यस अघिनै संचालनमा आईसकेको छ । भने अस्पताल भवन निर्माणको काम अहिले जारी रहेको छ ।