समाचार
पहिरोले पुरीएर मृत्यु भएका मृतकका परिवारलाई राहात प्रदान
दाङको बंगलाचुली गाउँपालिका वडा नं.-५ साकिनेकामा घरमाथी बाट खसेको पहिरोले पुरीएर मृत्यु भएका मृतकका परिवारलाई जिल्ला प्रशासन कार्यालय दाङले राहात प्रदान गरेको छ ।
जिल्ला प्रशासन कार्यालय दाङले मृतकका परिवारलाई ३ लाखरुपैँया नगद प्रदान गरेको हो । बुधबार राती परेको अविरल वर्षाका कारण घरमाथीबाट आएको पहिरोमा पुरीएर एकै घरका आमा छोरीको मृत्यु भएको थियो । कार्यालयले मृतकका शसुरा देविराम परियारलाई सो नगद हस्तान्तरण गरेको हो । यसैगरी नेपाल रेडक्रस जिल्ला शाखा दाङले पनि पिडित परीवारलाई राहात सामग्री हस्तान्तारण गरेको थियो ।
सो अवसरमा बंगलाचुली गाउँपालिका अध्यक्ष भक्त बहादुर वली ,बंगलुची गाउँपालिका वडा नं.-५ का अध्यक्ष ऐनुराज खत्री , जिल्ला प्रशासन कार्यालय दाङका अमरराज शर्मा ,DOC का विश्वप्रकास अर्याल,बंगलाचुली गाउँपालिकाका नि.प्र.प्र.अ नारायण प्रसाद आचार्य, संचारकर्मी लगाएतका टिमको सहभागिता रहेको थियो ।