FAQs Complain Problems

अनलाईन घटना दर्ता कार्यक्रम सुरु

दाङको बंगलाचुली गाउँपालिकामा अनलाईन घटना दर्ता कार्यक्रम सुरु

कमिरेचौर,२८ मंसिर

दाङको बंगलाचुली गाउँपालिकामा अनलाईन घटना दर्ता कार्यक्रम आईतबार देखि सुरु गरिएको छ । नेपाल सरकारको कागज रहित सेवा प्रभाह गर्ने लक्ष्य अनुरुप जारी गरेको कार्ययोजना लाई मुर्तरुप दिन बंगलाचुली गाउँपालिकामा पनि अनलाईन घटना दर्ता कार्यको थालनी गरिएको हो ।बंगलाचुली गाउँपालिकाले वडा नं.-३ र ४ बाट घटना दर्ता अनलाईन मार्फत सरुवात गरेको छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागद्धरा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सुदृढिकरण आयोजना संचालनगरी देशभरका स्थानियतहका वडा कार्यालय माफर्त अनलाई घटना दर्ताको काम भईरहेको छ ।

अनलाईट घटना दर्ता गर्दा राज्यलाई व्यक्तिहरुका सम्पूर्ण घटना दर्ताको विवरण सहीरुपमा प्राप्त गर्न र कार्ययोजनाहरु बनाउन सहज हुने बंगलाचुली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर वलीले बताउनु भयो । यसअघि हस्तलिखित घटना दर्ता गर्दा धेरै त्रुटीहरु भएको र सेवाग्राहीले बेला-बेलामा आफ्नो विवरण सच्चाउँनका लागि सास्ति पाउनेगरेको भन्दै अनलाईन घटना दर्ताकार्यले यो झन्झट हटाउने अपेक्षा गरिएको उहाँले बताउनु भयो ।

यसैविच बंगलाचुली गाउँपालिकाले वडा नं.-३ का आयुस्मा नेपालीको अनलाईन मार्फत जन्मदर्ता जारी गरी उनकी आमा चित्रा नेपालीलाई पहिलो अनलाई घटना दर्ताको पमाणपत्र प्रदान गरेको छ । बंगलाचुली गाउँपालिका वडा नं.-४ का अध्यक्ष नारायण डाँगीको अध्यक्षता एवं प्रमुख प्रसाशकीय अधिकृत नेव बहादुर वलीको प्रमुख आतिथ्यमा एक कार्यक्रमको आयोजना गरी सो प्रमाण पत्र प्रदान गरिएको हो ।

अव देखि बंगलाचुली गाउँपालिकाको अन्य वडाहरु मार्फत पनि अनलाईन घटना दर्ता तत्काल सुरु गरिने पंञ्जीकरण शाखा सेवा ईकाईका एम.आई.एस.ओ. कमल कवर मगरले जानकारी दिनु भयो ।कार्यक्रमको सहजीकरण वडा नं.-३ का वडा सचिव पार्वती रानाले गर्नु भएको थियो ।

आर्थिक वर्ष:

जन प्रतिनिधि