समाचार
कोरोना महामारीका समयमा बंगलाचुली गाउँपालिकालाई विभिन्न सामग्री सहयोग
कोरोना महामारीका समयमा बंगलाचुली गाउँपालिकालाई विभिन्न सामग्री सहयोग जुट्टे क्रम जारी
कमिरेचौर,१३ असार ।
कोरोना कहरको विचमा बंगलाचुली गाउँपालिकालाई पुर्व सभामुख तथा दाङ क्षेत्र नं.-२ का सभासद् कृष्ण बहादुर महराले पुनः विभिन्न सामग्रीहरु सहयोग गर्नु भएको छ । महराले सर्जिकल माक्स २०० थान,पिपिई सेट ५० थान, सहयोग गर्नु भएको छ ।
पुर्व सभामुख महराले सो समग्री बंगलाचुली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेब वहादुर वलीलाई हस्तान्तरण गर्नु भएको थियो ।
साथै महराले अन्य सामग्रीहरु पनि सहयोग गर्ने बताउनु भएको छ । यसैगरी स्वाथ्य कार्यालय दाङले २०० थान पिपिई सेट,६१५ चस्मा,६१५ मिरर सहयोग गरेको छ ।
त्यसैगरी सम्राट सिमेन्ट लमहीले ५०० थान माक्स, १ ईन्फारेड थर्ममिटर सहयोग गरेको छ ।
यसैगरी व्यवसायी आर.के.पाण्डेय र यमराज मल्लले च्यावनप्रयास ३५,स्यानिटाईजर ३० वटा र २४० वटा झुल सहयोग गर्नु भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दाङ जिल्ला सचिव तुलसीराम पुन (शुवास)को पहलमा उहाँहरुले सहयोग प्रदान गर्नु भएको हो ।