समाचार
बंगलाचुली गाउँपालिकालाई समाजसेविक श्रेष्ठद्धारा विभिन्न सामग्री सहयोग
बंगलाचुली गाउँपालिकालाई समाजसेविक श्रेष्ठद्धारा विभिन्न सामग्री सहयोग
कमिरेचौर,१६ असार ।
कोरोना कहरको विचमा बंगलाचुली गाउँपालिकालाई डा.भरतराज श्रेष्ठले विभिन्न सामग्रीहरु सहयोग गर्नु भएको छ।घोराही उपमहानगरपालिका १५ भरतपुर घर भई हाल वेलायतमा कार्यरत डा.भरतराज श्रेष्ठले आफ्नी स्वर्गीय आमा विष्नु कुमारी श्रेष्ठको स्मृतिमा बंगलाचुली गाउँपालिकालाई सहयोग गर्नु भएको हो ।
उहाँले टावेल ७५ थान ,पाउडर दूध १० किलो , नुहाउने सावुन ५७ पिस,कपडा धुने सावुन ७५ , सर्जिकल माक्स २०० पिस,वटी क्याप १०० पिस , गाउन ४ थान , सेनिटाईजर ७५ थान,च्यावनप्राश आदिकेजीको ७५ थान ,विस्कुट १ सय ५० वटा बंगलाचुली गाउँपालिकालाई सहयोग प्रदान गर्नु भएको छ ।
डा.भरत राज श्रेष्ठले उपलब्ध गराउनु भएको सामग्री घोराही उपमहानगरपालिका १५ भरतपुर निवासी आफ्ना दाजु ध्रुब कुमार श्रेष्ठले बंगलाचुली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर वलीलाई सामग्री हस्तान्तरण गर्नु भएको हो ।सो सामग्री आईसोलेसन सेन्टर भरतपुरमा उपचाररत कोरोना संक्रमित विरामीहरुका लागि प्रयोग गरिने छ ।
अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङ जिल्ला सचिव तुलसीराम पुन (शुवास), बंगलाचुली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर वली लगाएको पहलमा अहिले बंगलाचुली गाउँपालिकालाई विभिन्न सामग्री सहयोग जुट्ने क्रमजारी छ ।
यसैविच सो अवसरमा सामग्री जुटाउन पहल गर्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङ जिल्ला सचिव तुलसीराम पुन (शुवास), सामग्री उपलब्ध गराउने डा.भरतराज श्रेष्ठ र सहजीकरण गरिनदिने ध्रुब कुमार श्रेष्ठालाई बंगलाचुली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर वलीले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।