समाचार
तापा चाेकमा धर्मकाँटा राख्नका लागि बंगलाचुली गाउँपालिकाले स्थलगत अवलोकन
मदन भण्डारी सहायक मार्गमा पर्ने घाेराही - मुर्कुटी - प्युठान सडक खण्डमा पर्ने तापा चाेकमा धर्मकाँटा राख्नका लागि बंगलाचुली गाउँपालिकाले स्थलगत अवलोकन गरेको छ । यस सडक खण्डमा घोराही सिमेन्ट उद्योग र सम्राट सिमेन्ट उद्योगको सयौँ टिप्परहरुले ओभर लोड बोक्दा कालो पत्रे हुँदै गरेको बाटो विग्रने भन्दै बाटो बचाउन र लोड कन्ट्रोलिङ गर्नका लागि गाउँपालिकाले धर्मकाँटा राख्न लागेको हो । सो अबसरमा बंगलाचुली गाउँपालिका अध्यक्ष भक्त बहादुर वली ,प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर वली , आर्थिक प्रशासन प्रमुख नारायण आचार्य,वडा नं.३ का अध्यक्ष शोभाराज विश्वकर्मा,४ का अध्यक्ष नारायण डाँगी, स्वास्थ्य शाखा प्रमुख भक्त बहादुर जी.सी.नेरेसो कमिरेचौर उपशाखा सभापति चुरामणी नेपाली,नेरेसो दाङ जिल्ला कार्यक्रम अधिकृत टेकम वली गाएको सहभागीता रहेकाे थियो !!