FAQs Complain Problems

ग्यालरी

कोरोना महामारीका समयमा बंगलाचुली गाउँपालिकालाई विभिन्न सामग्री सहयोग जुट्टे क्रम जारी
कमिरेचौर,१३ असार ।
कोरोना कहरको विचमा बंगलाचुली गाउँपालिकालाई पुर्व सभामुख तथा दाङ क्षेत्र नं.-२ का सभासद् कृष्ण बहादुर महराले पुनः विभिन्न सामग्रीहरु सहयोग गर्नु भएको छ । महराले सर्जिकल माक्स २०० थान,पिपिई सेट ५० थान, सहयोग गर्नु भएको छ ।

पुर्व सभामुख महराले सो समग्री बंगलाचुली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेब वहादुर वलीलाई हस्तान्तरण गर्नु भएको थियो ।

मिति: 06/27/2020 - 20:34
, , ,

कोरोना कहरको विचमा बंगलाचुली गाउँपालिकालाई जिमिन नेपाल संस्था
बैद्ध काठमाडौंले खाद्यन्न सहयोग गरेको छ । बंगलाचुली गाउँपालिका वडा नं.२ का वडा सदस्य चुके सुनारको पहलमा सो सामग्री गाउँपालिकालाई प्रदान गरिएको हो । वडा सदस्य चुके सुनारले बंगलाचुली गाउँपालिका वडा नं.३ र ४ का अध्यक्ष शोभाराज विश्वकर्मा र नारायण डाँगीलाई दामासयी हिसावले राहात वितरण गर्ने गरी सो सामग्री हस्तान्तरण गर्नु भएको हो । जसको विवरण तपशिल बमोजिम रहेको छ ।
– चामल १०० बाेरा
– दाल २०० केजि
– नुन १०० केजि
– तेल १०० पोका

मिति: 06/27/2020 - 13:37
, ,

कमिरेचौ,१० असार _____________

दाङको बंगलाचुली गाउँपालिकाले शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमीकता दिएर बजेट विनियोजन गरेको छ। बंगलाचुली गाउँपालिकाले यस बर्ष ५१ करोड ६३ लाखको बजेट पेश गरेको गरेको छ ।

गाउँपालिकाले यस वर्ष पुँजिगत तर्फ २२ करोड ४६ लाख (४४ प्रतिशत) र चालु तर्फ शिक्षा र स्वास्थ्यको तलब भत्ता, कार्यक्रम, सामाजिक सुरक्षा रकम ५ करोड २० लाख सहित २८ करोड ९९ लाख (५६ प्रतिशत) गरी कुल जम्मा ५१ करोड ६३ लाखको बजेट पेश गरेको हो ।

मिति: 06/26/2020 - 18:06
, , , , , , , , , , , , , , ,

कोरोना कहरको विचमा बंगलाचुली गाउँपालिकालाई जिमिन नेपाल संस्था
बैद्ध काठमाडौंले खाद्यन्न सहयोग गरेको छ । बंगलाचुली गाउँपालिका वडा नं.२ का वडा सदस्य चुके सुनारको पहलमा सो सामग्री गाउँपालिकालाई प्रदान गरिएको हो । वडा सदस्य चुके सुनारले बंगलाचुली गाउँपालिका उपाध्यक्ष यमुना थापामगरलाई सो सामग्री हस्तान्तरण गर्नु भएको हो । जसको विवरण तपशिल बमोजिम रहेको छ ।
– साबुन ८०० पिस
– माक्स ८००
यो महामारीको समयमा सहयोग सामग्री जुटाउन पहल गर्ने वडा सदस्य चुके सुनार र जिमिन नेपाल संस्थालाई मुरी मुरी धन्यवाद !!

मिति: 06/26/2020 - 17:59
, , ,

२०७७/०३/१२________
बंगलाचुली गाउँपालिकाले कोरोना महामारिका समयमा कोरोना महामारी नियन्त्रण तथा रोकथामका लगाि अग्रपक्तिमा रहेर जनताको सेवा गर्ने स्वाथ्यकर्मीहरुलाई सम्मान गरेको छ । बंगलाचुली गाउँपालिकाको सातौँ गाउँसभाको अवसरमा उहाँहरुलाई सम्मान गरिएको हो ।

सो अवसरमा स्वास्थ्य शाखा प्रमुख भक्त बहादुर जि.सी., र स्वास्थ्य शाखा सह-संयोजक ईन्द्रा कुमारी घर्ती, स्वाव संंकलन टिमको तर्फबाट टिम लिडर वरिष्ठ ल्याव असिस्टेन्ट हरि जि.एम.,ल्याव टेक्निसियन प्रतिक शर्मा,ल्याव असिस्टेन्ट डिला जि.एम.र का.स.कमल अधिकारीलाई सम्मानस्वरुप नगद तथा प्रसंशा पत्रले सम्मान गरिएको थियो ।

मिति: 06/26/2020 - 17:51
, , , , , , ,

दाङको बंगलाचुली गाउँपालिको छैठौै गाउँसभा मंगलबार सम्पन्न भएको छ । गाउँसभाले विभिन्न ९ ऐन पास गरेको छ । बंगलाचुली गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीको सभाअध्यक्षतामा गाउँ सभा सम्मपन्न भएको हो । सभाको सहजिकरण बंगलाचुली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेव वहादुर वलीले गर्नु भएको थियो ।

मिति: 02/12/2020 - 10:16
, , , , , , , , , , , , ,

दाङको बंगलाचुली गाउँपालिकाकाे कमिरेचाैरमा हात्तीपाईले राेग विरुद्धको अाैषधि खुवाउने अभियान,बंगफाचुली गाउँपालिका सामाजिक विकास समिति संयाेजक शाेभाराज विश्वकर्मा ,स्वास्थ शाखा प्रमुख भक्त जि.सी लगाएत ,स्वास्थकर्मि कर्मचारी !!

मिति: 02/08/2020 - 14:35
, , , ,

USAID को EARLY GRADE READING PROGRAM (EGRP) ले बंगलाचुली गाउँपालिकाको शिक्षा विकासमा टेवा पुराउनका लागि कम्युटरजन्य उपकरण प्रदान गरेको छ । सो उपकरण ग्रहण गर्दै बंगलाचुली गाउँपालिका अध्यक्ष भक्त बहादुर ओली,प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर ओली ज्यू ,सामग्री प्रदान गर्दै (EGRP) का प्रमुख तथा प्रतिनिधी ज्यूहरु !!

 

मिति: 02/08/2020 - 09:11
, , , , , ,

दाङको बंगलाचुली गाउँपालिकाले उपभोक्ता समितिका पदाधिकारी तथा वडा समितिकाे लागि याेजना संचालन तथा व्यवस्थापन सम्बन्धि अभिमुखिकरण तालिम सम्पन्न, बंगलाचुली गाउपालिका वडा नं.५ मा तालिम सम्पन्न भएकाे हो ।

 

दाङको बंगलाचुली गाउँपालिकाले उपभोक्ता समितिका पदाधिकारी तथा वडा समितिकाे लागि याेजना संचालन तथा व्यवस्थापन सम्बन्धि अभिमुखिकरण तालिम संचालन गरेकाे छ । जस अन्तर्गत बंगलाचुली गाउपालिका वडा नं.६ मा तालिम सम्पन्न भएकाे छ !!

मिति: 12/31/2019 - 17:01
, , , , , , , , , , , , , , , , , , ,

Pages